कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई बुधबार जनकपुरधाममा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनुहुँदै । तस्बिर : निरंजनकुमार साह/रासस

जनकपुर / नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।”

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा आजका मितिदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments