सहकारी संघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न

५८ औं स्थापना दिवस तथा साधारण सभाको कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठ आफैले उद्दघाटन गरेका थिए । प्राधिकरणको मापदण्ड अनुसार साधारणसभा गरिएको र जिल्लाका सबै सहकारी संस्थालाई सोही अनुसार गर्न पनि उनले अनुरोध गरे ।

काभ्रेपलान्चोक / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुरुप नै गरेको छ ।

सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको साधारण सभालाई सदस्य केन्द्रित र मितव्ययी वनाई सुशासन कायम गर्न आवश्यक देखिएको भन्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऐनको दफा १०३(ज) को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी भदौ १७ गते निर्देशन जारी गरेको थियो ।

साधारणसभा सहकारी अभियन्ताका नाममा केन्द्रीय सहकारी संघ, नियामक निकायका पदाधिकारीहरु सहभागी हुने र मुल भन्दा अन्य बिषयमा साधारण सभा केन्द्रीत हुने र फजुल खर्च हुने भएपछि प्राधिकरणले निर्देशन जारी गरेको थियो ।

५८ औं स्थापना दिवस तथा साधारण सभाको कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठ आफैले उद्दघाटन गरेका थिए । प्राधिकरणको मापदण्ड अनुसार साधारणसभा गरिएको र जिल्लाका सबै सहकारी संस्थालाई सोही अनुसार गर्न पनि उनले अनुरोध गरे ।

साधारण सभामा विगतका बर्ष प्रदान गदै आएको सहकारी पत्रकार सम्मान पुरस्कार यस बर्ष काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक एवं रेडियो एबिसीका अध्यक्ष रमेशप्रसाद न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित प्रदान गरिएको थियो । सहकारी संघमा आवद्ध सहकारी मध्येबाट उत्कृष्ट व्यवस्थापकको रुपमा नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपक तिमल्सिनालाई सम्मान गरिएको थियो । पाँचखाल नगरपालिका वडा नं १० स्थित आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थालाई नगद सहित सम्मान गरिएको थियो ।

साधारण सभामा अध्यक्ष अमन पोटे श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम र आगामी योजना, सचिव प्रकाश बञ्जाराले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत आर्थिक वर्षमा संघले कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैयाँको कारोबार गरी १ करोड १४ लाख ६७ हजार ४३० रुपैयाँ नाफा कमाएको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षका लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँ कारोबार गर्ने र २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । संघमा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका ५ सय ९४ सहकारी संस्था सदस्य छन् । पाँचखाल, भकुण्डे र पनौतीमा सेवा केन्द्र सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments