काभ्रेका प्रहरी कार्यालय पुनःस्थापनार्थ सहयोग जुट्दै

बनेपाकै बेलर इन्टरनेशनल एकेडेमकीले पनि एक थान कम्प्युटर प्रदान गरेको छ ।

काभ्रेपलाञ्चोक / जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले काभ्रेका केही क्षतिग्रस्त प्रहरी कार्यालय, ब्यारेक, मेसलगायतका लागि समुदायस्तरबाट आवश्यक सामग्री सहयोग जुटाइएको छ । विभिन्न संस्था एवं व्यक्तिले प्रहरीको बनेपा तथा पाँचाखाल कार्यालयलाई सामग्री सहयोग गरेका हुन् ।

बनेपास्थित कलेजले आगजनीबाट क्षतिग्रस्त इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १–१ सेट प्रिन्टर र कम्प्युटर सहयोग गरेको छ । रोटरियन रामप्यारी बज्राचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई एक ल्यापटप, एक टेबुल र चार थान कुर्सी सहयोग गर्नुभएको छ । बुडोल सामुदायिक सहकारीले कार्यालयलाई १–१ सेट प्रिन्टर र कम्प्युटर सहयोग गरेको छ ।

यस्तै ईप्रका बनेपाका लागि तथ्याङ्क समन्वय कार्यालय धुलिखेलबाट एक थान पाल उपलब्ध गराइएको थियो । बनेपामा युवा समूहबाट इप्रका बनेपालाई कम्प्युटर र प्रिन्टर १÷१ सेट सहयोग गरिएको छ, भने काभ्रे माध्यमिक विद्यालय बनेपाले प्रेसर कुकर, ग्यास चुलो, कराई, डाडू, पन्यू, थाललगायत भान्साका सामग्री सहयोग गरेको जनाइएको छ । बनेपाकै बेलर इन्टरनेशनल एकेडेमकीले पनि एक थान कम्प्युटर प्रदान गरेको छ ।

यसैगरी ग्लोबल टक्या प्रालिको तर्फबाट ३०/३० थान सिरक, डसना र तन्ना सहयोग गरिएको छ । स्थानीय रामशरण हुमागाइँले बिजुली बत्ती, प्रकाश भोछिभोयाले खानेपानी धारा सहयोग गरेका छन् भने अन्य केही युवाले प्राविधिक सहयोग गरेका छन् । क्लासिक टेक बनेपाको तर्फबाट निःशुल्क इन्टरनेट सुविधा प्रदान गरिएको इप्रका इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिनुभयो ।

यस्तै आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको इप्रका पाँचखाललाई स्थानीय स्वेच्छा सहकारीले नियमितकार्य सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले आवश्यक फर्निचर, स्टेशनरी तथा अन्य कार्यालय प्रयोजनका सामग्री सहयोग गरेको छ ।

बनेपाका नृपेश बादे, रमेश शाही, महेश्वर थापा मगरबाट कम्प्युटर र प्रिन्टर १/१ सेट सहयोग गरिएको छ । काभ्रे माध्यमिक विद्यालय बनेपाले प्रेसर कुकर, ग्यास चुल्हो, कराई, डाडु, पन्यु, थाल लगायत भान्साका सामाग्री सहयोग गरेको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ । काठमाडौँको प्रदर्शनमा काभ्रेका चार जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments