शासकीय स्वरुप र निर्वाचन पद्धति हाल उहि रहि नयाँ जनादेशकालागि निर्वाचन हुने र निर्वाचित भै आउने नयाँ प्रतिनिधिले मौजुदा सम्विधान परिवर्तन गर्नेहोभने ” प्रवृत्ति र पात्र” फेरिएलान कि भन्ने अपेक्षा सम्म गर्नुपर्दछ ।
निर्वाचन हुने दिन तोकिए पनि यस विचमा “आवश्यकताको सिद्धान्त” अवलम्बन गरि अपेक्षित शासकीय स्वरुप र निर्वाचन पद्धति वारे सम्विधानमा संशोधन गरेर मात्र “निर्वाचन कार्यक्रम” जारी गर्नेहोभने हाल जनमानसमा रहेको अपेक्षा धेरै हदसम्म पुराहुन सक्दछ । यसविचमा “समय” अत्यन्तै कम छ ।
संघीय प्रतिनिधि सभाको निर्वाचन २०८२ फागुन २१ गते विहिवार (मार्च ५,२०२६) मा हुदा २०८२.५.२८ (सेप्टेम्बर १३,२०२५) को दिनले अब १६९ दिन बाँकी रहन आएको छ ।
विकल्प एवं कार्यप्रभावकारीताका उपाय :
“आवश्यकताको सिद्धान्त” को अवलम्बन गरि शासकीय स्वरुप र निर्वाचन पद्धति वारे मध्यमार्ग / सन्तुलित मार्ग अनुकुल मौजुदा सम्विधान परिमार्जन गरेर मात्र निर्वाचन कार्यक्रम प्रकाशित गर्ने, समयले नभ्याउने भएमा १/२ महिना थप गर्ने ।
निर्वाचन कार्यक्रम प्रकाशित भएपछि “आचारसंहिता” अवलम्बन गर्नुपर्ने हुँदा सो अगावै कार्यस्थलका महत्त्वपूर्ण जिम्मेवारीमा भएकामध्ये वाटै – कृयाशिल तर तठ्ष्त राष्ट्र सेवकको चयन गर्ने ।
अब – हाल सम्विधान संशोधन तिर नलाग्ने होभने नयाँ जनादेश लिएर आउनेले जनभावनाको कदर गर्लान भन्ने अपेक्षाकासाथ सहि पात्रलाई उम्मेद्बारी दिन प्रोत्साहन गरि मतदाता समेतले स्वस्फूर्त भै मतदान गर्ने ।
विद्यमान राजनीतिक दलहरूले – सकिनेभए आआफ्ना कार्य समिति फेरबदल गर्ने, नसकिनेभए पनि उमेदवार छनौट
गर्दा हालको जनभावना अनुकुल हुनेगरेर उमेदवार चयन गरि चुनावी प्रतिस्पर्धामा सरिक हुने ।
आम मतदाताले पनि यो बुझ्न जरुरी छ कि – विगतमा झै यसपटक पनि “विवेक हिन” भै मतदान गर्नेछैनौ ! भन्ने संकल्पका साथ मतदानमा सक्रिय सहभागी हुने ।
यसका लागि पछिल्लो पुस्ता ( Generation Z) ले मात्र होईन सवै उमेर समुहका पुस्ताले – असल उम्मेद्बारीकालागि उपलब्ध मध्ये अव्वल व्यक्तिलाई प्रोत्साहित गर्ने र तिनकै पक्षमा पैरवी / अभियान ( Campaign) चलाउने ।
GenZ ले आफै राजनीतिक दल दर्ता गरि चुनाव लड्ने नदेखिएको र “राम्रो होस भन्ने अपेक्षा लिने” भएकोले यि नयाँ पुस्ताको अपेक्षामा घात नहुनेगरी मतदान गर्ने, उमेदवार त २५ वर्ष माथीका जुनसुकै उमेर समुहका हुन सक्ने भए ।
रकम वाड्ने, भोजभतेर खाने ख्वाउने जस्ता कार्य गर्नेगराउने उपर जनस्तर वाटै निगरानी गर्ने र त्यस्ता उमेदवार को उम्मेद्बारी तत्काल निर्वाचन आयोगले खारेज गर्ने । बाँकी उमेदवार विच प्रतिस्पर्धा हुने कानुनी सुनिश्चितता गर्ने ।
Patron – Client ( दासत्व स्वीकार गर्ने) आधारमा मतदान नगरी “Rational” (विवेक) मा आधारित मतदान गर्न – सघन रुपमा मतदातालाई अभिप्रेरित गर्ने ।
“सही प्रवृत्ति, सही पात्र र विवेकपूर्ण मतदानबाट मात्र हामीले यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छौँ।”
उच्च आदर्श र नैतिक मूल्य – समाजमा स्थापित भएको, यसको मापन कठिन त हुन्छ नै तरपनि योग्य पहिचान सूची र मापदण्डको आधारमा छनौट गर्ने। हेक्का रहोस – कुनै लहड वा अति महत्वाकांक्षाले मात्र जन चाहना र पदिय दायित्व निर्वाह हुन सक्दैन । दृढ ईच्छा शक्ति, नेतृत्व र सहकार्य शैली तथा शासकीय ज्ञान /सीप ( Governance knowledge / skill) यसकालागि पुर्वशर्त हुनै पर्दछ ।
दृष्टिकोण ( Vision) र कार्ययोजना स्पष्ट भएको:परिवर्तन लाई आत्मसात गर्ने तथा तत्कालीन समस्यालाईतत्काल हल गरि दीर्घकालीन नीति तय गर्न सक्ने । निर्णय क्षमता र नेतृत्व गर्ने गुण रहेको ।
नागरिकका चाहनालाई – आत्मसात, संस्थागत र आन्तरिकीकरण गर्न सक्ने ज्ञान, सीप र धारणा विद्यमान रहेको ।
नागरिकका समस्या बुझेको र हल गर्न सक्ने खुवी भएको ।
सम्वैधानिक, कानुनी एवं विषयगत मन्त्रालयको जानकार, क्षेत्रगत ज्ञान: जस्तो; नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४, नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ जस्ता सामान्य विषय समेतको जानकार । त्यस्तै – सङ्गठन निर्माण तथा सन्चालन र नतिजामा आधारित व्यवस्थापन गर्न र समूह परिचालन गर्न सक्ने न्यूनतम खुवी भएको । प्राविधिक पक्षको जानकार ।
समावेशी र सामाजिक न्याय सङ्गत: भुगोल, जातजाति, भाषा, संस्कृति समेतको समावेशी तर कार्य क्षमतामा आधारित ।
मुलुकभर र वाह्य क्षेत्र समेतमा समन्वय र सन्तुलन गर्न सक्ने ।
लोकतान्त्रिक मुल्य मान्यता प्रति प्रतिवद्ध ।
प्रचलित कानुनले योग्य ।
सो आधारमा पात्र जो भएपनि प्रवृत्ति सकारात्मक भएमा नागरिकको चाहना अनुरुप परिवर्तनको अनुभुति हुनेछ ।
(प्रदीप राज कणेल, अवकाशप्राप्त गृह प्रशासक हुन्)
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित