काठमाडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् ।
आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा नेपालको संविधानको १५७ धाराको उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित