पुर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पुर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुको शपथ भने भोलि हुने बताइएको छ।
गत २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरी प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको राजिनामा स्वीकृत गरेपछि गत शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्कीलाइ अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित