उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काठमाडौं । जेनजी आन्दोलनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिप्रका काभ्रेका अनुसार उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।
२०६९ मा जनकपुरको रामानन्द चोकमा बम बिष्फोट गराई ५ जनाको ज्यान लिएको अभियोगमा उनि सजाय काटिरहेका थिए। जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि अदालतले दोषी ठहर्याएको थियो। भनिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित