जंगीअड्डा अगाडी ‘जेनजी’ को झडप

त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं । ‘जेनजी’का दुई समूहबीच बिहीबार (भदौ २६) झडप भएको छ । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच झडप भएको हो ।

जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो । अर्को समूहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ ।

त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विवाद यति बेला केही शान्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments