अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी खरिदार* ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका खरिदार*लाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा (स्टिंग अपरेशन) छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी खरिदार* ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
काभ्रेपलाञ्चोक, दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उजूरीका आधारमा (स्टिंग अपरेशन) छापा मारेर नगदसहित भण्डारी नियन्त्रणमा लिएको हो ।
* पद खरिदार हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित