निजी विद्यालयहरूले केयूसँगको सम्झौता भंग गर्ने, बालचन्द्र लुइँटेलको अभिव्यक्तिले पैदा गराएको परिस्थिति

काठमाडौं / निजी विद्यालय सञ्चालकहरूले काठमाडौं विश्वविद्यालय (केयु) सँगको सम्झौता भंग गर्ने भएका छन् । निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन परिचालन समितिले विज्ञप्ति नै निकालेर केयूसँगको सम्झौता भंग गर्ने जनाएको हो ।

केयूको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले व्यक्त गरेका अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर सम्झौता भंग गर्न विद्यालयहरूलाई भनेका छन् ।

प्रा.डा. लुइँटेलद्वारा निजी विद्यालयहरूलाई ‘मुनाफामुखी’ र ‘शिक्षा बिगार्ने तत्त्व’को रूपमा चित्रण गर्ने प्रयासले निजी शिक्षा क्षेत्रप्रति असम्मानजनक व्यवहार गरेको समितिको आरोप छ । यस अभिव्यक्तिले हजारौँ शिक्षक–कर्मचारीको श्रम र यस क्षेत्रको समग्र योगदानको अवमूल्यन गरेको तथा केयू र निजी विद्यालयबिचको लामो समयदेखिको सहकार्यमा समेत प्रश्न उठाएको समितिले जनाएको छ ।

Lahachhap

लुइँटेलले निजी विद्यालयहरूलाई निजी विद्यालय मुनाफामुखी र शिक्षा विगार्ने तत्वको रूपमा चित्रण गर्ने प्रयास गरेको निजी विद्यालय सञ्चालकहरूको आरोप छ ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलित छन् । निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति दिन नसक्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments