हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता’

काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका (तीज) पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताउनुभएको छ । आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेले छ भन्नुभयो । सभापति देउवा सन्देशमा नेपाल धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण मुलुक भएकाले यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको उल्लेख गर्नुभयो ।

नेपाली महिलाहरूले विशेष रूपमा मनाउने हरितालिका तीज पर्वले समाजमा सौहार्दता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको सभापति देउवाले बताउनुभयो ।

सन्देशमा भनिएको छ,“तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ, यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।” उहाँले सन्देशमा हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments