मधेस प्रदेश :

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

जनकपुर / मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेटेर मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति सुझाव दिएको छ ।

भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments