सुनको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ ।

काठमाडौँ / गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments