रुसको सुदूर पूर्वी तटमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

काठमाडौँ /रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले बुधबार भूकम्प गएको जानकारी दिएको हो ।

यूएसजीएसका अनुसार रुसमा करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो।

काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्। शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेका छन्।

अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्। हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments