सोमबार साँझबाट बीपी राजमार्गमा ठूला सवारीसाधन पनि सञ्चालनमा आउने

सडक डिभिजन भक्तपुरले सोमबार साँझबाट बीपी राजमार्गमा ठूला सवारीसाधन पनि सञ्चालनमा आउने जानकारी दिएको छ ।

चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन साेमबार साँझसम्म सुधार गरेर ठूला सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले सूचनामार्फत जनाएका हुन् ।

असोज ११ र १२ गतेको बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिनदेखि साना सवारीसाधन चल्न दिइए पनि ठुला सवारी चल्नमा रोक लगाइएको थियो ।

यातायात सञ्चालनका लागि खुला भएपनि सडक जोखिमयुक्त रहेको भन्दै डिभिजनले सोही सूचनामार्फत सुक्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

हेर्नुहोस सूचनाः

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje