राष्ट्रपतिद्वारा दुःख व्यक्त

लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुभएको छ।

राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

गुरुङ्गको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङ्गले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गर्नुभएको छ । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाको सचिवालयले जनाएको छ ।

चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments