बागमती प्रदेश :

कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

मकवानपुर / बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बानियाँले मुख्यमन्त्री लामा नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै ठोस काम गर्न नसकेको, विकास निर्माणका काम प्रभावकारी नभएको, आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा गठबन्धन दलहरू र प्रतिपक्षी दलहरूसमेत असन्तुष्ट रहेका कारण उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिनुभयो ।

कांग्रेसका चार मन्त्रीद्वारा राजीनामा

यसैबीच मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार आफूसहित संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री लामासमक्ष राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments