प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।

पर्सा / प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।

“आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो भवन निर्माण हुनु पक्कै पनि खुसीको विषय हो । यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इञ्जिनियरहरूको पनि खुलेर प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण हुने कार्य द्रूत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताउनुभयो । “विगतमा भाडाको भवनमा कार्यालय सञ्चालन हुँदै आइरहेको थियो”, उहाँले भन्नुभयो, “कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह गर्दा पक्कै सेवाग्राहीले सहज ढङ्गले सेवा प्राप्त गर्न सक्नुहुनेछ ।” भवन विसं २०७७ मा निर्माण सुरू गरिएको थियो ।

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले पालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड २५ लाख ५१ हजार रकम खर्चेर भवन सम्पन्न गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments