प्रमुख खापुङलाई नेपालको संविधान धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सचिव मुरारीप्रसाद खरेलले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
मोरङ / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज राष्ट्रिय मानवअधिकार आयोग (कोशी प्रदेश) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन बुझाइएको छ ।
प्रमुख खापुङलाई नेपालको संविधान धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सचिव मुरारीप्रसाद खरेलले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले प्रतिवेदन ग्रहण गर्दै मुलुकले नागरिकको मानवअधिकार रक्षाका निम्ति विगतदेखि कार्य गरिरहेको बताउनुभयो । प्रदेश प्रमुख खापुङले मुलुकमा भएका कुप्रथा, कुसंस्कार, लैङ्गिक हिंसाको अन्त्य, जातिय विभेदजस्ता कार्यले नागरिकको मानवअधिकार हनन हुने गरेकाले यसको रोकथामतर्फ आयोग विशेष सचेत भई कार्य गरी मानवअधिकारको संरक्षण र संवद्र्धनमा लाग्न सुझाव दिनुभयो ।
आयोगका कोशी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले प्रदेश सरकारले कानुन तथा नीति निर्माण गर्दा ‘मानव अधिकार मैत्री’ बनाउन सुझाव दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित