असोज मसान्तसम्मका लागि १३ वटा रेफरल अस्पताल स्वास्थ्य बीमाका ‘प्रथम सेवा विन्दु’ कायम हुँदा धुलिखेल अस्पताल परेन

उपत्यका बाहिरको धुलिखेल अस्पताल रेफरल अस्पताल नै कायम भएको छ ।

काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्मका लागि १३ वटा रेफरल अस्पताललाई साविकझैं स्वास्थ्य बीमाका ‘प्रथम सेवा विन्दु’ कायम गरेको छ ।

बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरुले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो। मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, उपत्यका बाहेकका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ।

Lahachhap

तर, उपत्यका बाहिरको धुलिखेल अस्पताल रेफरल अस्पताल नै कायम भएको छ । आजैमात्र धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जुको अध्यक्षतामा सरोकारवालाहरुको आकस्मिक बैठकले धुलिखेल अस्पताललाई ‘प्रथम सेवा विन्दु’ कायम गरिदिन स्वास्थ्य बीमा बोर्डलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रथम सेवा विन्दु कायम रहने १३ अस्पताल

१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
३. नारायणी अस्पताल, बीरगञ्ज
४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
८. जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
१०. भेरी अस्पताल, नेपालगञ्ज
११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments