टीका र जमरा थाप्दा बाह्य पर्यटक खुशी

चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन् ।

नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिनुभयो । साथै उहाँले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताउनुभयो । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए ।

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । “नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ”, फ्रान्सेली नागरिक ह्यारी टोमाले भन्नुभयो, “नेपालीहरुका साथमा दसैँ मनाउन पाउँदा खुसी छु ।”

नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । “मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ”, उहाँले भन्नुभयो ।

अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिनुभयो । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, उहाँले भन्नुभयो ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । “हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भन्नुभयो । 

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje