संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।
बारा। संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उहाँका छोरा डा जितेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित