सुनचाँदी बजारः

सुन बढ्यो, चाँदी घट्यो

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

काठमाडौँ। विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments