काभ्रेका १३ वटै स्थानीय तहलाइ सम्मान

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले उत्कृष्ट स्थानीय तहहरुलाई सम्मान गरेको छ ।

आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको हो ।

आर्थिक बर्ष ०८१÷८२ मा देशभरमा शुन्य बेरुजु हुने १ मात्र पालिका बनेको महाभारत गाउँपालिका, प्राकृतिक श्रोत तथा वित्त आयोगको मुल्याकंनमा काभ्रे प्रथम हुने बनेपा नगरपालिका, लिजामा गाउँपालिका मध्ये काभ्रे प्रथम हुने खानीखोला गाउँपालिका, लिजामा नगरपालिका मध्ये काभ्रे प्रथम हुने नमोबुद्ध नगरपालिका, स्वास्थ्य नगर घोषणा गर्न सफल भएकोमा धुलिखेल नगरपालिका, विपदमा धेरै खटिएर राहत तथा उद्धारमा उत्कृष्ट कार्य गर्ने बेथानचोक गाउँपालिका, स्थानीय तह वित्तिय सुशासनमा उत्कृष्ट रोशी गाउँपालिका, वन डढेलोमुक्त गाउँपालिका घोषणा भएको भुम्लु गाउँपालिका, नगरमध्ये कम बेरुजु बनाउने मण्डनदेउपुर नगरपालिका, पशुविमा कार्यक्रममा उत्कृष्ट पनौती नगरपालिका, नसर्ने रोगको क्षेत्रमा अनुकरणीय काम गर्ने तेमाल गाउँपालिका, आम्दानी जोड्ने पाँचखाल नगरपालिका र सामाजिक सुरक्षा भत्तामा राम्रो काम गरेबापत चौरीदेउराली गाउँपालिकाकालाई सम्मान थियो ।

काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, जिल्ला विपद समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिषक (एसपी) कोमल शाह, शसस्त्र प्रहरी १५ नं गुल्म, श्रीमेयर गण, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायका प्रमुखलगायतलाई विपद्मा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो । विपदमा सूचना तथा प्रसारण मार्फत सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई सम्मान गरिएको थियो ।

प्रतिनिधी सभा क्षेत्र नं २ का सदस्य गोकूलप्रसाद बास्कोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

जिल्ला सभामा अधिकाशं वक्ताले स्थानीय तह र अन्य सरकारविचको समन्वय आवस्यक भएको चर्चा गर्दै पारदर्शीतामा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments