रोल्पामा पहिरोमा पुरिएर दुईजना बेपत्ता

रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरोले पुरिएर दुईजना बेपत्ता भएका छन् ।

गएराति गएको पहिरोले देउसिंह कामीको घर पुरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।

घर पुरिँदा देउसिंहकी आमा ६० वर्षीया बसुना सुनार र ४ वर्षीया छोरीलाई पुरेको स्थानीयले बताएको डिएसपी लामाले जानकारी दिए ।

उनका अनुसार, घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ ।

सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चारजना प्रहरी घटनास्थलमा खटाइएका थिए । वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त ठाउँमा फोन चल्दैन । त्यसकारण थप जानकारी लिन कठिन परिरहेको छ । यद्यपि उद्धारको प्रयास लगातार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments