काठमाडौँ । नागरिकका आँगनमै रहेकोले विपदजन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताउनुभएको छ ।
महानगरपालिका जस्तै सुरक्षा निकाय र विपद व्यवस्थापनका अन्य साझेदारले काम गरिरहेका छन् । यी कामहरुलाई विपदमा नागरिकको ज्यान र धनको सुरक्षाका लागि प्रयोगमा ल्याउन समन्वयात्मक जनशक्ति, स्रोत र साधनको समन्वयात्मक प्रयोग गर्नुपर्छ ।
आज महानगर प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटर र नेपाल प्रहरीको संयुक्त आयोजनामा रानीपोखरीमा सञ्चालन गरिएको मनसुनजन्य विपद प्रतिकार्य संयुक्त कृतिम अभ्यासको अवलोकन पछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले, साझेदारका बिचमा भएको स्रोत, सिप र क्षमतालाई एकीकृत गरेर विपद्को सामनालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताउनुभयो । पूर्वतयारी एक पटक गरेर सकिने काम होइन । यसलाई नियमित गरिरहनु पर्छ । उहाँको भनाइ थियो ।

गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौँमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुवानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो । महानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिएको छ ।
आजको अभ्यासमा नेपाल रेडक्रस सोसाइटी, स्काउटसहित साझेदारले भाग लिएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ कार्तिक २४ गते
२०८२ कार्तिक २४ गते