काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा. कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गर्नुभएको हो ।
एकतीस वर्षदेखि अध्ययनरत डा मिश्रले बागवानी विषयमा त्रिभुुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गर्नुभएको थियो । उहाँ विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न हुनुहुन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ जेष्ठ ३१ गते