अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं/ अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू चार्टर्ड विमानमार्फत् काठमाडौं आइपुगेका छन् ।

३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् । 

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।

अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments