काभ्रेपलाञ्चोक/ बनेपा नगरपालिकाका १४ वडामा ८० जनालाई विपद् स्वयंसेवक तयार पार्ने लक्षसहित आइतबारदेखि तीन दिने आधारभूत तालिम सुरु गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल १५ नं. गण मुख्यालय पाँचखाल र बनेपा नगरपालिकाको सहकार्यमा आयोजित तालिममा विपद् पूर्व तयारी, विपद् उद्धारपश्चात , राहत तथा समन्वयसम्बन्धी व्यावहारिक अभ्यासहरू गराइनेछ ।
नगर प्रमुख शान्ति रत्न शाक्यले विपद् व्यवस्थापनमा सामुदायिक सक्रियता अत्यावश्यक रहेको भन्दै, सुरक्षाकर्मीहरू तत्काल नपुग्ने अवस्थामा वडा स्तरका स्वयंसेवकले जीवन रक्षक भूमिका खेल्न सक्ने बताउनुभयो ।
उप–प्रमुख विमला सापकोटाले विगतमा आए को बाढी, पहिरो र वर्षाबाट सिकेका पाठको स्मरण गर्दै, विपद् सम्बन्धी जनचेतना अत्यावश्यक रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ मुख्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईँले तालिमप्राप्त स्वयंसेवकहरू उद्धार र राहत कार्यमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित