संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री

कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उहाँले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गर्नुभयो ।

विराटनगर। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिनुभयो । कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उहाँले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments