काभ्रेपलाञ्चोक जिल्लामा संघ सरकारले कुन तहलाई कति बजेट पठायो?

काठमाडौँ / अर्थ मन्त्रालयले स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज सो विवरण सार्वजनिक गरेको हो । सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।

यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।

अर्थ मन्त्रालयले काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहहरुलाई पठाएको बजेट रकम आज सार्वजनिक गरेको छ । जस अनुसार जिल्लामा कूल ५ अर्ब ४२ करोड ११ लाख रुपैंया बजेट पठाएको हो ।

मन्त्रालयले ६ वटा नगरपालिकालाई २ अर्ब ९३ करोड ७४ लाख र ७ वटा गाउँपालिकालाई २ अर्ब ४८ करोड ३७ लाख रुपैंया बजेट पठाएको उल्लेख छ । यो रकममा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान(पुँजीगत प्रकृति) रहेको छ ।

मन्त्रालयको विवरण अनुसार नगरपालिकाहरुमध्ये बनेपालाई ५९ करोड ५१ लाख रुपैंया, मण्डनदेउपुरलाई ५१ करोड ३५ लाख रुपैंया, पनौतीलाइई ४९ करोड ७९ लाख रुपैंया, धुलिखेललाई ४७ करोड २२ लाख रुपैंया, नमोबुद्धलाई ४४ करोड ५ लाख रुपैंया र पाँचखाललाई ४१ करोड ८२ लाख रुपैंया बजेट पठाएको हो । बनेपाले सूत्रमा आधारित अनुदान १० करोड ८३ लाख, पनौतीले ९ करोड १६ लाख पाएका छन् ।

यसैगरी, गाउँपालिकाहरुमध्ये चौँरी देउरालीलाई ४७ करोड ११ लाख रुपैंया, रोशीलाई ४४ करोड ८१ लाख रुपैंया, तेमाललाई ३४ करोड २६ लाख रुपैंया, बेथानचोकलाई ३३ करोड ३९ लाख रुपैंया, भुम्लुलाई ३२ करोड ६५ लाख रुपैंया, महाभारतलाई ३१ करोड १५ लाख रुपैंया र खानीखोलालाई २५ करोड रुपैंया बजेट पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments