काठमाडौं/ सरकारले विपद्पछिको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।
आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन भएको जानकारी दिनुभयो ।
यसैगरी उहाँले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने उल्लेख गर्नुभयो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेसमेत जानकारी दिनुभएको छ ।
“प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ”, उहाँले भन्नुभयो, “बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ । साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइनेछ ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित