सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने

काभ्रेपलाञ्चोक/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को आज शिलान्यास गर्दै सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्नेगरी सहभागिता गराइएको छ । सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुपै्र विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । “स्रोत जुटाउन सामदायिक क्षेत्र, शुभेच्छुक अन्तरराष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्नसक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मासुजाकी मिजुकीलेले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उहाँले जापान सरकारले बिपी राजमार्ग अन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक निर्माण गरेको स्मरण गर्दै गतसालको बाढीपहरोले केही खण्ड क्षतिग्रस्त बनाएकामा दुःख व्यक्त गर्नुभयो ।

जापान सरकारले तीन अर्ब ६० करोड २६ लाख यान अनुदान सहयोग गरेको उक्त ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माणमा जापानले ६० प्रतिशत भवन र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

सेन्टरमा पार्किङ, ‘आइसियू’, तीन वटा शल्यक्रिया कक्ष, ‘एचडियू’, प्रयोगशाला, ‘फार्मेसी’, फोहोर व्यवस्थापनलगायत आवश्यक सेवाहरु उपलब्ध हुने जनाइएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments