काठमाडौं/सोमबारको मन्त्री परिषदको बैठकले काभ्रे, कुशादेबीका लक्ष्मण हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका हुमागाईं पुनः बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी अध्यक्षमा आवेदन माग गरेको थियो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित