काभ्रेपलाञ्चोक/बनेपा–७, अरनिको राजमार्ग, पुरानो तरकारी बजारअगाडिको नबिल बैंकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा बनेपा प्रहरीले एक जनालाई हथौडा र रड सहित नियन्त्रणमा लिएको छ ।
घटना बुधबार मध्यराती पौने १२ बजेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीको कमाण्डमा १० जना प्रहरीसहितको टोलीले जिल्ला सिन्धुली, घ्याङलेख गाउँपालिका–८ बस्ने माईला तामाङको छोरा अन्दाजी वर्ष ३० को बुद्धिलाल तामाङलाई हथौडा र रड सहित नियन्त्रणमा लिएको हो ।
सो एटिएम रहेको स्थान इलाका प्हरी कार्यालयबाट अन्दाजी २ किलोमिटर पूर्व रहेको छ । बनेपा पछिल्लो समय चोरीका घट्नाहरु बढ्दै गएको सन्दर्भमा प्रहरी सक्रियता बढेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित