स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ

काभ्रेपलाञ्चाेक/ स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई प्रहरी चौकी साँगाले पक्राउ गरेको छ । साे चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान अधिकारी नेतृत्वमा ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले साँगा भन्जयाङबाट स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले स्रोत नखुलेको २५ लाख रुपियाँसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमाला र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ बस्ने वर्ष ३८ वर्षीय सञ्जयकुमार साहालाई पक्राउ गरेको हो । 

मङ्गलबार साँझ साढे ६ बजेको समयमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको  यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवार राजन धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको २५ लाख रुपियाँ फेला पारेको थियो ।

चेकजाँचको क्रममा बरामद गरिएको रकमको स्रोत नखुलेकाले रकम बोक्ने राजन र उनका साथी सञ्जयकुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments