सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ: प्रदेश प्रमुख भट्ट

प्रदेश प्रमुख भट्टले भन्नुभयो, कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ, इमान्दार र दक्ष नागरिक बन्नेछन्

पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।

बाल्यावस्थाबाटै सेवाको भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभयो, “कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ, इमान्दार र दक्ष नागरिक बन्नेछन् ।”

नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भन्दै प्रदेश प्रमुख भट्टले प्रशंसा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments