 
                    काठमाडौँ/राष्ट्रिय विभूति सीता प्राकट्य दिवसबारे को हुनुपर्ने जति चर्चा नभएकाले यस विषयमा थप प्रचारप्रसार आवश्यक रहेकामा जोड दिइएको छ ।
श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिले धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालको सहकार्यमा आयोजना गरेको सीता प्राकट्य महोत्सवसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिविद् एवं समितिका अध्यक्ष डा गोविन्द टण्डनले सीताको प्राकट्य नेपालमा भएको प्रचारप्रसार गर्न सके धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्रिने बताउनुभयो ।
विवाह पञ्चमी, हनुमान जयन्तीजस्तै सीता पाकट्य दिवस अर्थात् वैशाख शुक्ल नवमीका दिन पनि विशेष कार्यक्रम गरिने समितिले जनाएको छ ।
कार्यक्रममा विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्घ शाह, विश्व हिन्दू महासङ्घ अन्तरराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोला, धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालका अध्यक्ष पूर्णप्रसाद मिश्र, पत्रकार भुवन भट्टलगायतले सीता प्राकट्य दिवसलाई अर्को वर्षदेखि विशेष रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको थियो । दिवसका अवसरमा मङ्गलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित
 
                    
                    २०८२ कार्तिक १४ गते
 
                    
                    २०८२ कार्तिक १४ गते