लजिस्टिक्स क्षेत्रमा ‘डिएसभी’ विश्वकै ठूलो कम्पनी : नेपालमा सांग्रीलामार्फत सेवा

सांग्रीला इन्टरनेशनल फ्रेटका अध्यक्ष कुमार दाहाल भन्छन्, ‘यस अधिग्रहणले हाम्रा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवा दिने हाम्रो क्षमता अझ बढाउनेछ । हामी नेपाली व्यापारीहरूको लागि अझ सहज र चुस्त सेवा प्रदान गर्न तयार छौँ‘

काठमाडौं । अन्तर्राष्ट्रिय लजिस्टिक्स क्षेत्रको प्रमुख मानिएको डिएसभीले आफ्नो व्यवसायिक प्रतिस्पर्धी कम्पनी डिबी शेंकरलाई अधिग्रहण गरेको छ । योसँगै डिएसभी अब विश्वकै अग्रणी लजिस्टिक्स कम्पनी बनेको दावी छ । डिएसभीले डिबी शेंकरको पूर्णस्वामित्व किनेको हो।

नेपालमा डिएसभीको एकमात्र प्रतिनिधि सांग्रीला इन्टरनेशनल फ्रेट प्रालीले दिएको जानकारी अनुसार यस यो निर्णयले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा अझै सहज र सशक्त लजिस्टिक्स सेवा उपलब्ध गराउनेछ । दुइ फरक कम्पनीमार्फत नेपालबाट हुने आयात/निर्यातमा अब एकै कम्पनिबाट झन् प्रभावकारी तवरले छिटो र सुविधाजनक सेवा मार्फत लाभ दिने बताइएको छ ।

डिएसभीले डिबी शेंकरको स्वामित्व १४.३० अर्ब युरोमा लिएको हो। लामो छलफल र सहकार्यमा १ मे २०२५ देखि दुबै कम्पनीले आधिकारिक रूपमा एउटै नाममा काम गर्न लागेका हुन् । । यो निर्णयले विश्वव्यापी लजिस्टिक्स सञ्जालमा ठूलो प्रभाव पार्ने ठानिएको छ ।

डिएसभीका प्रमूख कार्यकारी अधिकृत जेन्स एच लन्ड भन्छन्, ‘यो अधिग्रहणसँगै हामीले डिएसभीको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छौं ।’

यसैगरी डिबी शेंकरका प्रमुख कार्यकारी अधिकृत जोचें थेवेजले भने, ‘हामी यो महत्वपूर्ण उपलब्धि हासिल भएकोमा हर्षित छौँ । हाम्रा व्यवसायिक मोडल, सेवाहरू, मूल्य मान्यता तथा मापदण्डहरूमा अनेकौँ समानता छन् र हामी सहकार्य गर्न उत्साहित छौँ ।’

सांग्रीला इन्टरनेशनल फ्रेटका अध्यक्ष कुमार दाहाल भन्छन्, ‘यस अधिग्रहणले हाम्रा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवा दिने हाम्रो क्षमता अझ बढाउनेछ । हामी नेपाली व्यापारीहरूको लागि अझ सहज र चुस्त सेवा प्रदान गर्न तयार छौँ ।’ अध्यक्ष दाहालका अनुसार नेपालमा आफ्ना १० हजार ग्राहक सदस्यलाइ सन्तोषजनक तरिकाले सेवा दिन सांग्रिला फ्रेट २४ सै घण्टा सक्रिय रहेको छ।

अब डिएसभीले विश्वभरका ९० भन्दा बढी देशहरूमा डेढ लाख भन्दा बढी कर्मचारीमार्फत आफ्नो सेवा विस्तार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments