कक्षा १२ को परीक्षा:

काभ्रेबाट ६ हजार ९ सय ६३ सहभागी, बेलर एकेडेमीबाट धेरै विद्यार्थी

एकेडेमीबाट ६ सय २५ परीक्षार्थी सहभागी भएको स्कुलकी प्रिन्सिपल इन्दु थापाले लाहाछापलाइ बताइन

काभ्रेपलान्चोक। आजदेखि शुरु भएको परीक्षामा काभ्रेबाट ६ हजार ९ सय ६३ विद्यार्थी सहभागि हुँदैछन् । नियमित तर्फ ४ हजार ९ सय ४० जना छन् भने २ हजार २३ जना आंशिक तर्फका छन् । ९९ मध्ये शुन्य भन्दा बाहेकका ३० वटा विद्यालयमा २० भन्दा कम विद्यार्थी छन् ।

काभ्रेमा ९९ वटा विद्यालयका लागि २४ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लामा सबै भन्दा धेरै विद्यार्थी बनेपाको बेलर इन्टरनेशनल एकेडेमीका रहेका छन् । एकेडेमीबाट ६ सय २५ परीक्षार्थी सहभागी भएको स्कुलकी प्रिन्सिपल इन्दु थापाले लाहाछापलाइ बताइन। बेलर पछि बनेपाको निस्ट कलेजबाट ४ सय ६६ जना विद्यार्थी सहभागी हुनेछन् । धेरै बिधार्थी भएका बेलर स्कुल र निस्ट कलेज बनेपाका लागि दुई-दुइ वटा केन्द्र तोकिएका छन् ।

नेपाल प्रहरी स्कुल साँगाबाट २ सय ८४, जनक मावी भकुन्डेबाट १६७, ज्ञानकुञ्ज बनेपाबाट १ सय ४८, सञ्जिवनी धुलिखेलबाट १ सय ४०, आर्दश विद्या मन्दिरबाट १ सय २९, चैतन्यबाट १ सय १७, गोल्डेन फ्युचर पाँचखालबाट १ सय ९, आजाद मावी बनेपाबाट १ सय ५, भालेश्वर माबि पनौतीबाट १ सय १, सर्वमंगला पाँचखालबाट १ सय रहेका छन् ।

त्यसैगरि ५० भन्दा धेरै र एक सय भन्दा कम विद्यार्थी रहेका तेजगंगा क्याम्पस पनौतीबाट ९५, प्रगति प्रभात बनेपाबाट ८९, पार्वती मावी ढुंखर्कबाट ८८, गोकुले मावी महाभारतबाट ५२, इन्द्रेश्वर मावी पनौतीबाट ७०, धुलिखेल क्याम्पसबाट ६१, आजाद मावी पाँचखालबाट ७०, काभ्रे मावी बनेपाबाट ५१ जना, मिलिनियम क्याम्पसबाट ५०, चैतन्य मावीबाट ४९, एसओएस बालग्राम पनौतीबाट ४८ जना, हिमालय मावीबाट ४४ जना छन् ।

नियमित तर्फ १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा पलाञ्चोक भगवती मावी ७, जनता मावी १०, जनहित मावी ९, चक्रेश्वर मावी ८, आत्मविकाश मावी १०, भुमेस्थान मावी ९, शारदा मावी १०, श्वेतबाराह मावीमा ५ जना रहेका छन् । बाल निकेतन मावीमा ३ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments