सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ ।

सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।

भेटमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री डा देउवाले उक्त भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments