शिक्षक र सरकारबीच ९ बुँदे सहमति, स्वास्थ्य उपचारमा छुट

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रघुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्।

सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालय र शिक्षकहरूबिच भएको सहमित स्वीकृत गरेको हो।

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा सहमति भएको छ । सहमति अनुसार शिक्षक–कर्मचारीले निजामती अस्पतालमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् ।

सरकार र शिक्षक महासंघबीच सहमति भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments