सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद बैठकपछि निर्णय आउने

काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबिच सहमति भएको छ। बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो।

सहमतिको निर्णय मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।

मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments