नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणाा गरिएको जनाइएको छ

काभ्रेपलाञ्चोक। काभ्रेपलान्चोकस्थित नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ ।

आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गर्नुभयो । सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख लामाले भन्नुभयो, “नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताउनुभयो ।

यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणाा गरिएको जनाइएको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments