तीन महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गरिसक्छौंः शेर्पा

काठमाडौं/ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

संघले चार वर्षे कार्यकालका लागि नियुक्त भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशर जंग बरालले मध्य अवधिमै राजीनामा दिनु सन्देहास्पद भएको भन्दै गम्भीर अनुसन्धानको माग पनि गरेको छ ।

आइतबार त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा सम्पन्न स्ववियु निर्वाचन, हाल शिक्षा ऐन लागू गर्न माग राखी शिक्षक महासंघको प्रदर्शन, स्ववियु निर्वाचनको दौरान उपकुलपतिको राजीनामा र नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनबारेमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग गरिएको हो ।

संघका अध्यक्ष शेर्पाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गरि योग्यता र निष्पक्षतामा आधारित प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने र प्रधानमन्त्री कुलपति हुने संरचनामाथि पुनर्विचार गर्नुपर्ने आफ्नो संगठनको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिक हस्तक्षेप, प्रशासनिक अराजकता र आन्तरिक दबाबका कारण उपकुलपतिले राजीनामा दिएको भए यो केवल त्रिविमात्र होइन, समग्र उच्च शिक्षाको संकट भएको संघको ठम्याइ छ ।’’

अध्यक्ष शेर्पाले तत्काल योग्यता प्रणालीको आधारित उपकुलपति नियुक्ति गर्न, राजनीतिक भागबण्डाको अन्त्य र विश्वविद्यालयको पूर्ण स्वायत्तता गर्नसमेत माग गर्नुभयो ।

संधिवानप्रदत्त मौलिक हकको रुपमा रहेको माध्यमिक तहसम्मको शिक्षा युगसापेक्ष प्रविधिमैत्री, वैज्ञानिक, गुणस्तरीय र निःशुल्क हुनुपर्ने व्यवस्था निःसर्त कार्यान्वयन गर्न नेपाल सरकारले जाहेर गरेको प्रतिबद्धताअनुरुप विद्यालय शिक्षामा राज्यको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुल वार्षिक बजेटको २० प्रतिशत लगानी गर्न पनि संघले सरकारको ध्यानाकार्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments