सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौँ/ एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् ।

चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती प¥यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।”

“वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ । ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटना के हो, कहाँको हो?

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा प्रहरीले विवरण सार्वजनिक गरेको छ।

उक्त घटना २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको प्रहरीले बताएको छ।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।

उक्त घटनामा संलग्न भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरेको छ।

‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

भिडिओमा सवारीसाधान आवतजावत भइरहेको देखिन्छ भने सडक छेउमा ट्राफिक प्रहरीले एक पुरूषलाई कुटपिट गरेको देखिन्छ।

एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ।

साथै ट्राफिक प्रहरीले कागजातसमेत ती पुरूषको मुखमा फालिदिएका थिए। त्यहाँ चार जना ट्राफिक प्रहरी देखिए पनि एक जनाले कुटपिट गरेको भिडिओमा देखिन्छ।

उक्त भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले प्रहरीको व्यवहारलाई लिएर आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments