काठमाडौं/ ‘खाद्यका लागि कृषि’ अभियानले जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘जैविक जागरण यात्रा’ सुरू गरेको छ। काभ्रेपलाञ्चोकबाट आरम्भ भएको यो यात्रा एक महिनासम्म विभिन्न जिल्लामा सञ्चालन हुनेछ।
यात्राको पहिलो दिन काभ्रेपलाञ्चोकस्थित कृषि विकास कार्यालय, हसेरा पर्माकल्चर फार्म र नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसान प्रतिनिधिहरूसँग संवाद गरिएको थियो।
छलफलका क्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै उर्वर जमिनको संरक्षणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
नमोबुद्ध नगरपालिका वडा नम्बर ४ भकुण्डेबेसीका अगुवा किसानहरूले भने बीउबीजनमा बढ्दो परनिर्भरता, रैथाने बीउ लोप हुने अवस्था, स्थानीय उत्पादनको लागत र प्रक्रिया झन्झटिलो हुनु, वन्यजन्तुबाट हुने क्षति, जैविक उत्पादनको बजार अभाव र दूधको भुक्तानीमा हुने ढिलाइ जस्ता समस्याहरू उठान गरेका थिए ।
पर्माकल्चर अभियानका प्रवर्तक गोविन्द शर्माले जैविक जागरण यात्राको सफलताको शुभकामना व्यक्त गर्दै अभियानले किसानहरूका आवाज सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित