वर्ल्ड ल्याब वीक २०२५ धुलिखेल अस्पतालमा उत्साहपूर्वक मनाइयो

काभ्रेपलाञ्चोक/ हरेक वर्षको अप्रिल २० देखि २६ सम्म विश्वरभरका मेडिकल ल्याबोरेटरी प्रोफेशनल्सहरुले ‘ल्याब वीक’ का रुपमा मनाउँदै आएका छन् ।

मेडिकल ल्याबोरेटरी प्रोफेशनल्स र प्याथोलोजिष्टहरुले स्वास्थ्य सेवा र बिरामीको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले उनीहरुको पेशागत दक्षतालाई आम जनमानससम्म पुर्याउन पनि यो ल्याब वीक मनाउन थालिएको बताइन्छ ।

यसै सन्दर्भमा धुलिखेल अस्पताल-काठमाडौं विश्विवद्यालय अस्पतालले पनि यो सप्ताह उत्साहपूर्वक मनाएको छ ।

Lahachhap

उक्त सप्ताहको सुरुवातमा, ल्याब पेशाको सम्मान, जनचेतना र वैज्ञानिक योगदानको पहिचानका लागि धुलिखेल वरिपरि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवामा प्रयोगशालाको भूमिकालाई उजागर गर्ने ब्यानर र प्लेकार्ड बोकेर जनसाधारणमा सन्देश प्रवाह गरेका थिए।

Lahachhap
Lahachhap
Lahachhap

कार्यक्रमले मेडिकल ल्याब प्रोफेसनलहरूको योगदानलाई सम्मान गर्दै, शिक्षार्थी तथा स्वास्थ्यकर्मीहरूलाई अझ प्रेरित गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रम धुलिखेल अस्पताल-काठमाडौं विश्वविद्यालय अस्पतालअन्तर्गत ल्याबोरेटरी मेडिसिनका विद्यार्थी तथा बायोकेमिस्ट्री, माइक्रोबायोलोजी र प्याथोलोजी विभागका शिक्षकहरूको सहभागितामा मनाइएको हो ।

धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालले यस अवसरमा भविष्यमा समेत यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Lahachhap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments