काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आउँदो बिहीबारबाट हुने परीक्षा अब बैशाख २१ गतेबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
विहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेरै भए पनि तोकिएकै दिन आउँदो बिहीबार परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रति चौतर्फि आलोचना भएको थियो । त्यसै कारण बोर्डले उक्त निर्णयको औपचारिक सूचना समेत जारी गर्न सकेको थिएन ।
उक्त निर्णय पछि बोर्डका पदाधिकारीहरुले दिनभर सरकारका विभिन्न निकायका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए।
छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ।
यस अघि विहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय भएको नियन्त्रक कृष्ण शर्माले बताएका थिए ।
नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक कर्मचारीलाई आह्वान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको महासंघले २५ गते बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ वैशाख ९ गते