सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको श्रोतले बताएको छ
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको श्रोतले बताएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षक आन्दोलन झन् शसक्त बन्दै गैरहेको अवस्थामा शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म राजधानी केन्द्रित आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित